सोमबार, वैशाख ३१, २०८१

१५ केजी तौल बढाउँदै कृती सेनन

नेपालखोज २०७६ माघ ७ गते १०:२८

एजेन्सी । बलिउड अभिनेत्री कृति सेननले विभिन्न विधाका फिल्महरूमा काम गर्न इच्छुक रहेको बताएकी छन् । भारतीय सञ्चार माध्यमसँग उनले फरक विधाका फिल्महरू बलिउडमा निर्माण हुनुपर्नेमा जोड दिएकी छन् ।

रोमान्टिक, कमेडी र ऐतिहासिक विधाका फिल्ममा काम गरिसकेकी उनले अन्य विधाका फिल्मलाई प्राथमिकतामा राखेको बताएकी छन् । फरक विधाका फिल्महरू बलिउडमा खासै निर्माण नभइरहेको अवस्थामा आफ्नो प्राथमिकतामा ती फिल्म परेका बताएकी छन् ।

सम्भवतः बलिउडमा फरक विधाका फिल्महरू चाँडै निर्माण हुनेछन्,’ उनले भनिन्, ‘आफूलाई हरर फिल्म खासै मन नपर्ने भए पनि काम गर्न इन्छुक रहेको बताएकी छन् ।

प्राय रोमान्टिक फिल्मको अफर आइरहेको अवस्थामा उनले फिल्ममेकरलाई नयाँ विधामा काम गर्न प्रोत्साहित समेत गरिरहेकी छन् । हाल उनी पंकज त्रिपाठीको ‘मिमी’ फिल्मको निम्ति तौल बढाउन लागि परेकी छन् ।

सरोगेट आमाको भूमिकामा देखिन उनले १५ केजी तौल बढाउन चुनैतीपूर्ण रहेको बताएकी छन् । आफ्नो तौल बढाउन उनले खानपिनमा जोड दिइरहेकी छन् । एजेन्सी

प्रतिक्रिया