शुक्रबार, वैशाख ७, २०८१

निर्देशक हिरानीको फिल्ममा शाहरुख, काजोल र करिना देखिदैँ

नेपालखोज २०७६ माघ ८ गते ८:१८

एजेन्सी । लामो समयपछि रोमान्सका बादशाह शाहरुख खान, काजोल र करिना एकै पर्दामा देखिने भएका छन् । बलिउड थ्रीस्टार शाहरुख, काजोल र करिना यस भन्दा पहिला ‘कभि खुशी कभि गम’ फिल्ममा देखा परेका थिए जुन फिल्मले बलिउडमा धमाल मच्चाएको थियो ।

बलिउड सूत्रका अनुसार निर्देशक राजकुमार हिरानीले फेरि यिनै कलाकारलाई लिएर फिल्म बनाउने तरखरमा लागेका छन् । ‘सञ्जु’ पछि निर्देशक हिरानीले अहिलेसम्म कुनै फिल्म घोषणा गरेका छैनन् । शाहरुख खानको पनि ‘जिरो’ पछि कुनै फिल्म आएको छैन् । ‘जिरो’ पछि कुनै पनि फिल्म नखेलेका शाहरुखका फ्यानहरुले उनका फिल्मकोे माग गरिरहेका छन् ।

बलिउड सूत्रअनुसार हिरानी र शाहरुखबीच भर्खरै संगै फिल्म गर्ने समझदारी भएको छ । शाहरुखलाई लिएर फिल्म बनाउन हिरानी लामो समयदेखि कुरिरहेका थिए । शाहरुखलाई लिएर बनाउने फिल्म लभस्टोरीमाथि हुने बताइएको छ ।

यस फिल्ममा शाहरुखसँग काजोल र करिना कपुर खान देखिने भएका छन् । काजोलको अभिनयबाट हिरानी प्रभावित छन् । यस फिल्मका लागि काजोललाई शाहरुखले मनाएका छन् । शाहरुख र काजोलको जोडीलाई बलिउडमा सबै भन्दा रुचाइएको जोडीको रुपमा हेरिन्छ ।

दुवैले अभिनय गरेका बाजीगर, दिलवाले दुल्हनिया ले जाएंगे, करण अर्जुन, कभी खुसी कभी गम, कुछ कुछ होताजस्ता फिल्म सुपरहिट भइसकेका छन् ।करिनाले पनि निर्देशक हिरानीको ‘थ्री इडियट्स’ मा काम गरेकी थिइन् । करिना, शाहरुख र काजोललाई हिरानीको फिल्ममा हेर्न आकर्षक अनुभव हुनेछ ।

प्रतिक्रिया