आइतबार, वैशाख १४, २०८२

बेलको सेवन गर्नुस्, यसले रोगदेखि भोकसम्मको काम गर्छ ।

नेपालखोज २०७६ माघ ९ गते ७:४२

काठमाडौं । बेल स्वादमा मात्रै होइन स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायिक मानिन्छ । बेल हाम्रो स्वास्थ्यको लागी फाइदाजनक फल हो । बेलमा प्रोटिन, क्याल्सियम, फसफोरस, आइरनका साथै भिटामिन प्रशस्त मात्रामा पाइन्छ । यसको सेबनले कब्जियत हटाउने, खाना रुचाउने र शरीरलाई शितलता प्रदान गर्ने गर्छ ।

औषधीय गुण भएको बेलले बिभिन्न रोगबाट छुटकारा पाउन सहयोग गर्छ ।

१.मधुमेह रोगबाट छुटकारा पाउनः
१५ वटा बेलका पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुहोस् र कालो मरिचको दानालाई धुलो हुने गरी पिसेर पिसिएको बेलको पातसँग मिश्रण बनाई त्यसलाई एउटा सफा कपडाले छान्नुहोस् । उक्त रसलाई सेबन गर्नाले मधुमेह रोगबाट छुटकारा पाउन सकिन्छ ।

२. कब्जियत जरैदेखि समाप्त हुन्छः
पाकेको बेलको सेबन गर्नाले कब्जियत जरैदेखि समाप्त हुन्छ ।

३. पेटसम्बन्धी विकार समाधान गर्छः
बेलको सेवनले हाम्रो शरिरमा भएको विकार रगतलाई शुद्धीकरण गर्ने गर्छ ।

४.झाडापखाला निको हुन्छः
बेलपत्रको रसको सेबनले पनि झाडापखाला निको हुन्छ । सुकाएको बेलको बोक्राले पनि धेरै समस्या समाधान गर्छ । यसलाई कुटेर बिहान–बेलुका एक–एक चम्चा हालेर काँडा पकाएर खाने गरेमा पेटसम्बन्धी सम्पूर्ण रोग ठीक हुन्छ । र यसले भोकसमेत खुलाउने गर्छ ।

प्रतिक्रिया