शुक्रबार, वैशाख १४, २०८१

साढे साती दशा हटाउन आज शनिदेवको पुजा गर्नुस्, आजको तपाईको राशिफल यस्तो छ ।

नेपालखोज २०७६ माघ ११ गते ६:०५

साढे सातको दशा लागेको छ भने आजको दिन भगवान शनिदेवको पुजा गर्नु उत्तम मानिन्छ । शनिको साढे सातको दशा कसैमा एक पटक देखा परेमा यसले निकै ठुलो क्षति र्पुयाउने ज्योतिषशास्त्रीहरु बताउँछन् ।

बिरलैलाई मात्र यसले लाभ गर्छ । त्यसैले शनिको साढे सात दशाको दोष निवारण गर्न विभिन्न शास्त्रीय विधि अपनाउनु पर्छ । तपाईले चाहेका कुनै पनि काम फत्ते गर्न सक्नुहुन्न ।

घरमा पनि अनिष्ठ हुन्छ । यस्तो दशाको दोष निवारणका लागि शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ ।
यसबाट शनिको दशाबाट मुक्ति मिल्छ । यस बाहेक राशि अनुसार पुजा गरेर पनि शनिको साढे सातको दशाबाट मुक्ति पाउन सकिन्छ ।

तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । आकस्मिक समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । विपरित वर्गप्रति आकर्षण बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
रोमाञ्चक यात्रा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । व्यापार व्यवसायमा वाधा आउनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मन कमजोर रहला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । कार्यमा अवरोध आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

प्रतिक्रिया