शनिबार, वैशाख १५, २०८१

करेला खानु कस्का लागि फाइदा कस्का लागि बेफाइदा ?

नेपालखोज २०७६ माघ ११ गते ६:०८

करेला खानुका फाइदा यस्ता छन् ।
१.करेलाबाट डायबेटिजका रोगीलाई लाभ मिल्छ ।
२.आन्द्रामा ग्यास उत्पन्न हुने समस्या भएकाहरूका लागि पनि करेला गुणकारी छ ।
३.शरीरभित्र हुर्किने विभिन्न कीटाणुलाई करेला खाएर सफाया गर्न सकिन्छ ।
४.करेला खानाले शरीरमा रहेको अनावश्यक बोसो कम हुन्छ । जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । साथै, रक्तसंचार पनि राम्ररी हुन्छ ।
५.करेला खाने गर्नाले क्यान्सर लाग्ने जोखिम कम हुन्छ । साथै, ल्युकेमिया र रगतसम्बन्धी रक्तअल्पताजस्ता समस्या लाग्ने जोखिम पनि कम हुन्छ ।

कसले नखाने करेला ?
१. रक्तचाप कम हुनेले नियमित करेला खानु हुँदैन ।
२. डायबेटिजको औषधि खानेले पनि नियमित खानु हुँदैन ।
३. गर्भवती महिलाले बढी मात्रामा करेला अथवा यसको जुस खानु हुँदैन ।

प्रतिक्रिया