शुक्रबार, वैशाख ७, २०८१

‘तेजस’ फिल्ममा पाइलट अवतारमा देखिदै कंगना रनौट

नेपालखोज २०७६ माघ ११ गते ७:३९

एजेन्सी । कंगना रनौटको चलचित्र ‘पंगा’ शुक्रबार हिजोदेखि प्रदर्शनमा आएको छ ।दर्शक तथा चलचित्र विश्लेषकहरुले चलचित्रको कथावस्तु र कलाकारहरुको अभिनय उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन् ।

फिल्म ‘पंगा’ कबड्डी खेलमा आधारित फिल्ममा हो । ‘पंगा’ मा कबड्डी खेलाडीको रुपमा देखिएकी कंगना अर्को एक चलचित्रमा वायु सेनाको पाइलटको भूमिकामा देखिने भएकी छन् ।

सर्वेश मेवाडाको निर्देशनमा बन्ने चलचित्र ‘तेजस’मा कंगना वायुसेनाको पाइलटको भूमिकामा देखिने भएकी हुन् ।

प्रतिक्रिया