बिहीबार, वैशाख २७, २०८१

सत्य घटनामा आधारित वेव सिरिज

नेपालखोज २०७९ चैत २२ गते १४:५६

काठमाडाैं । यसमा कुनै शंका छैन कि ओटिटि प्लेटफर्महरूले दर्शकहरूका लागि धेरै आश्चर्यजनक कार्यक्रमहरू ल्याइरहेका छन् । कुनै पनि विधा होस् ओटिटि प्लेटफर्ममा त्यो विधाका धेरै वेब श्रृंखलाहरू हेर्न पाईन्छ । यी केही शोका कथा वास्तविक जीवनका घटनाहरूमा पनि आधारित छन । आउनुहोस् केही यस्ता हिन्दी वेब सिरिजको कुरा गरौं जसको कथा काल्पनिक नभई वास्तविक हो ।

स्केम १९९२ – द हर्षद मेहता स्टोरी

ये फाइनेन्शियल ड्रामा वेब सिरिज ८० र ९० को दशकका वास्तविक स्टक ब्रोकर हर्षद मेहताको वरिपरि घुम्छ । यो शो ले हर्षद मेहताको यात्राका बारेमा बताउँछ जो आफ्नो पतन हुनु अघि ठूलो उचाइमा पुगेको थियो । यसको मुख्य भूमिकाका लागि प्रतीक गान्धीले १८ किलो तौल बढाउनुपरेको थियो । यो सिरिज सोनि लिभमा हेर्न सकिन्छ ।

दिल्ली क्राइम सीजन १ र २

यो वेब सिरिजको पहिलो भाग सन् २०१२ मा भएको निर्भया सामूहिक बलात्कार काण्डमा आधारित छ जसले सम्पूर्ण भारतलाई हल्लाएको थियो । यसमा शेफाली शाह, रसिका दुग्गल तथा आदिल हुसेन मुख्य भूमिकामा छन् । यसले ४८ औं एमी अवार्डमा बेस्ट ड्रामा सिरिजको अवार्ड पनि प्राप्त गरेको छ । यो श्रृंखला नेटफ्लिक्समा उपलब्ध छ । यसको दोस्रो भाग बृद्ध – बृद्धाको हत्या र लुटपाटमा आधारित छ ।

जामताडा

यो एक क्राइम ड्रामा शृंखला हो, जुन झारखण्डको जामतारामा सुरु भएको अनलाइन ठगि सिन्डिकेटसँग सम्बन्धित वास्तविक घटनामा आधारित छ । यसमा अमित सियाल, दिव्यन्दु भट्टाचार्य तथा स्पर्श श्रीवास्तव मुख्य भूमिकामा छन् । यो शो नेटफ्लिक्समा उपलब्ध छ ।

स्पेशल ओपिएस

यो थ्रिलर सिरियल पछिल्लो दशकमा भारतले सामना गरेका धेरै आतंकवादी हमलाहरूमा आधारित छ। यसमा केके मेनन मुख्य भूमिकामा छन् । नीरज पाण्डेले निर्देशन गरेको यो शोले हरेक दर्शकलाई आफ्नो कथासँग जोडछ । यसका कलाकारहरुको प्रदर्शनले यो वेब सिरिज अन्तिम सम्म हेर्न बाध्य तुल्याउँछ । यो सिरिज डिज्नी प्लस हटस्टार मा हेर्न सकिन्छ ।

रंगबाज

यो क्राइम शोका कलाकारहरु उत्कृष्ट छन । यसको सिजन – १ ले भारतीय ग्याङ्स्टर श्रीप्रकाश शुक्लाको कथा बताउँछ । जबकि यसको दोस्रो सिजन मोस्ट वान्टेड अपराधी आनन्दपाल सिंहको वरिपरि घुम्छ । यो सिरिज जी फाईभमा उपलब्ध छ ।

मुम्बई डायरीज : २६ /११

२६ नोभेम्बर २००८ मा मुम्बईमा भएको आतंकवादी हमलालाई लिएर अहिलेसम्म धेरै वेब सिरिज तथा फिल्म बनिसकेका छन् । निखिल आडवाणीले पहिलो पटक डाक्टर, नर्स रतथा मेडिकल स्टाफको दृष्टिकोणबाट उक्त घटना देखाउने प्रयास गरेका छन् । यो वेब सिरिज २६/११ आतंकवादी हमलामा आधारित भएपनि यसमा कल्पना पनि समावेश छ । यो सिरिज अमेजन प्राइममा हेर्न सकिन्छ ।

भौकाल सीजन – २

यो अपराध श्रृंखला आईपीएस अधिकारी नवनीत सेकेराको जीवनमा आधारित छ। उनले मुजफ्फरपुरमा ठूला अपराधीहरूलाई मारेका थिए। यो वेब सिरिजमा मोहित रैना मुख्य भूमिकामा छन् । भौकाल एमएक्स प्लेयर मा उपलब्ध छ ।

खाकी : द बिहार च्याप्टर

यो वेब सिरिज आईपीएस अमित लोढाको पुस्तक ‘बिहार डायरीज’ मा आधारित छ। राज्यमा बढ्दो अपराधको युगमा एक पुलिस अफिसर र एक कुख्यात अपराधी बीचको झगडा देखाउँदै यो श्रृंखला समाप्त हुन्छ । यो त्यो बिहारको कथा हो जब लालु यादव आफ्नो शक्तिको पतनमा थिए र नितिश कुमारले सत्ता सम्हाल्दै थिए । यसलाई नेटफ्लिक्स मा फेला पार्न सकिन्छ ।

प्रतिक्रिया