बिहीबार, चैत १५, २०८०

हलिउडमा पनि देखिदैँछिन दीपिका पादुकोण

नेपालखोज २०७६ माघ १४ गते १०:३४

एजेन्सी । बलिउडमा निकै सफल मानिएकी बलिउड नायिका दीपिका पादुकोण हलिउडमा पनि देखिने भएकीछन् । बलिउड फिल्म ‘छपाक’ को सफलतासँगै दीपिका पादुकोणले आफ्नो नयाँ फिल्मको घोषणा गरेकी छन् ।

दीपिका चाँडै नै हलिउडको फिल्म ‘द इन्टर्न’ मा देखिने छिन् । दीपिकाले भूमिका निर्वाह गर्ने फिल्ममा रोबर्ट डी नीरोको रोलमा ऋषि कपूर खेल्नेछन् । ट्विटरमा फिल्म घोषणा गर्दै दीपिकाले लेखेकी छन्, ‘मेरो आगामी फिल्मको घोषणा गर्दा उत्साहित भएकी छु । ‘द इन्टर्न’ को इन्डियन अडैप्टेशन् ।’

यो फिल्ममा दीपिका पादुकोण, बोर्नर्स ब्रदर्स र अजुर एन्टरटेनमेन्टसँग मिलेर प्रोड्यूस गर्ने छन् । यो फिल्मको निर्देशक को हो खुलाइएको छैन् ।

प्रतिक्रिया