शुक्रबार, चैत १६, २०८०

मेगास्टार रजनीकान्तको ‘दरबार’ ले पहिलो विकेन्डमा १ सय ५० करोड कमायो

नेपालखोज २०७६ माघ १ गते ७:३५

एजेन्सी । दक्षिण भारतीय फिल्म उद्योगका मेगास्टार रजनीकान्तको फिल्म ‘दरबार’ ले पहिलो विकेन्डमा १ सय ५० करोड भारु कमाइ गरेको छ । हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज भएको यो फिल्मले विश्वव्यापी रुपमा डेढ करोड बराबरको ग्रस कलेक्सन गरेको हो ।

तमिल भाषामा रिलिज भएको फिल्मले सबैभन्दा बढी कमाइ गरेको छ । यो फिल्म दक्षिण भारतमा सोलो रिलिज हुने मौका पाएको थियो । यसको फाइदा पनि फिल्मलाई भएको छ ।

हिन्दी भाषामा भने फिल्मले कमजोर व्यापार गरेको छ । बलिउडका दुई फिल्म ‘छपाक’ र ‘तान्हाजी’ पनि एकसाथ रिलिज भएकाले रजनीकान्तको फिल्मले खासै व्यापार गर्न सकेन । यो फिल्म नेपाली दर्शकमाझ समेत प्रतीक्षित फिल्म भए पनि नेपालमा भने प्रदर्शन गरिएन ।

प्रतिक्रिया