नेकपा केन्द्रीय समिति बैठकमा आज समूहगत छलफल हुँदै
नेपालखोज
२०७६ माघ १६ गते ८:०८
१६ माघ, काठमाडौ । बुधबार हजोदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठकमा आज समूहगत छलफल हुने भएको छ । अध्यक्षद्वय र महासचिवको प्रतिवेदनमा टिप्पणी गर्न १५ वटा समूह गठन गरि छलफल गरिदैँ छ ।
उनीहरुले छलफल गरेर सामूहिक प्रतिवेदन बनाउँदै अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको संगठन र विधानको प्रतिवेदनमा टिप्पणी गर्नेछन् । शुक्रबार भोलीको पूर्ण बैठकमा समूह नेताले त्यसलाई प्रस्तुत गर्ने छन् ।
समूहहरुले अध्यक्षद्वयको तर्फबाट पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलले पेश गरेको सांगठनिक र विधान संशोधन प्रस्ताव लगायतका विषयमा छलफल गर्ने छन् ।
सम्बन्धित
प्रतिक्रिया