चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई कारबाही नभए अनसन बस्ने घोषण
काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीमाथि भ्रष्टाचार अभियोग लागेको हुँदा यसको निष्पक्ष छानबिन हुुनुपर्ने माग गरिइएको छ ।
शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाद्वारा शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले उपाध्यक्ष डा गिरीमाथि लागेको भ्रष्टाचार अभियोगको निष्पक्ष छानबिन गरी दोषि देखिए कारवाही गर्नुपर्ने माग गरे ।
उनले भने, “यही माघ २२ गतेसम्ममा आयोगका उपाध्यक्ष डा गिरीमाथि लागेको भ्रष्टाचार अभियोगको छानबिन गरी कारवाही नभए म आमरण अनशन बस्ने घोषणा गर्दछु ।”
आयोगका उपाध्यक्ष डा गिरीलाई उन्मुक्ति दिलाउनका लागि विभिन्न प्रपञ्च रचिएको र बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाँईलाई कानूनी डण्डा देखाएर तर्साउन खोजिएको भन्दै थापाले आपत्ति जनाए । थापाले मेडिकल कलेजलाई सम्बन्धन दिन २० (बीस करोड) घुस मागेको आरोप लाग्दै आएको जानकारीसमेत दिए ।
प्रतिक्रिया