सोमबार, जेठ ७, २०८१

इयूबाट ‘पूर्ण पृथक’ हुँदा बेलायत कमजोर बन्ने सम्भावना

नेपालखोज २०७६ माघ १७ गते २२:२४

काठमाडौँ । यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनपछिको नयाँ बिहानीबारे छलफल गर्न शुक्रबार ब्रसेल्समा भेला भएका उच्च अधिकारीले ब्रेक्जिटपछि बेलायतले इयूसँग निकट रहँदाको लाभ गुमाउने बताएका छन् ।

“हामी संयुक्त अधिराज्यसँग सकेसम्म राम्रो सम्बन्ध कायम होस भन्ने चाहन्छौँ तर समूहको सदस्य रहँदाजस्तो कहिल्यै हुन सक्दैन,” यूरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले भनेका छन् ।

उनले इयू परिषद्का अध्यक्ष चाल्र्स मिसेल र यूरोपेली संसदका सभामुख ड्याभिड सासोलीसँगै उभिएर भने, “एकताका कारण इयूले विश्वमा राजनीतिक सम्मान हाँसिल गरेको हो र विश्वको आर्थिक शक्तिकेन्द्र बनेको हो ।”

यूरोप अनुभवले हामीलाई ‘पूर्णरूपमा पृथकता’ मा शक्ति क्षीण हुने तर अद्वितीय एकतामा बल हुने कुरा सिकाएको छ,” उनले भने । ‘पूर्ण पृथक’ भन्ने वाक्यांश बेलायतको विश्वव्यापी व्यापारिक साम्राज्य भएका समय १९ औँ शताब्दीको युरोपेली मुख्य भूमिको राजनीतिबाट टाढा रहने विदेश नीतिसँग सम्बन्धित छ ।

बेलायतले ग्रीनवीच समय अनुसार शुक्रबार राति ११ बजे युरोपेली संघ छोड्ने छ । ब्रसेल्सको मध्यरात अर्थात् १२ बजे इयूबाट बेलायत बहिर्गमन भएपनि आगामी ११ महिनाको संक्रमणकालमा ईयू नियमको व्यापार, यात्रा र व्यवसायसम्बन्धी अधिकांश कानूनलाई पालना गर्नुपर्नेछ । बहिर्गमन हुनभन्दा करिब एक घण्टा पहिले प्रधानमन्त्री बोरिस जोसनले अर्को हप्ता बेलायतको भावी व्यापार सम्झौताको लागि वार्ता प्राथमिकताहरू खुलासा गर्ने अपेक्षा गरिएको छ । ब्रसेल्सले पनि आगामी एक साताभित्र व्यापार सम्झौताका बिषयमा सहमति गरिने भोन डर लेनले पनि बताए ।

“सोमबार, हामी हाम्रो इतिहासमा नयाँ पृष्ठ खोल्नेछौं,” उनले भने। “आयोगले वार्ताका लागि आफ्नो धारणा प्रस्तुत गर्नेछ,“ उनले पत्रकारसँग बताए ।

“हामी संयुक्त अधिराज्यको साथ उत्तम साझेदारीको चाहना गर्छौं तर यो स्पष्ट छ कि त्यहाँ सधैँ विचारमा भिन्नता रहनेछ । युरोपेली संघको सदस्य हुनुलाई गाह्रो छ । संघमा सामथ्र्य छ ।”

प्रतिक्रिया