प्रमुख निर्वाचन आयुक्त थपलिया ‘खाँदबारी गौरव’बाट सम्मानित
नेपालखोज
२०७६ माघ १९ गते १०:५८
१९ माघ, खाँदबारी । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र पूर्व गृह सचिव प्रेमकुमार राई आफ्नो गृहजिल्ला सङ्खुवासभामा विभूषित भएको छन् ।
खाँदबारी नगरपालिकाले शनिबार उहाँहरु लगायत विभिन्न सात विधामा २६ जना आफ्ना नगरबासीलाई विभूषण र पदकले सम्मान गरेको हो । उनिहरुलाई नगरसभाबाट विभूषणसम्बन्धी ऐन जारी गरी पहिलोपटक विभूषित गरेको जनाइएको छ ।
‘खाँदबारी गौरव’ पदकबाट प्रमुख निर्वाचन आयुक्त थपलिया र पूर्वसचिव स्व सन्तबहादुर राईलाई विभूषित गरिएको छ । देशकै प्रतिष्ठा बढाउन योगदान पु¥याउने नगरवासीलाई नगरपालिकाको विभूषणसम्बन्धी ऐनल्याई सम्मान गरेको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताए ।
सोही अवसरमा खाँदबारी रत्न, खाँदबारी तारा, खाँदबारी पौरख, खाँदबारी ज्योति, खाँदबारी समाजसेवा र खाँदबारी सेवाश्री पद २६ जनालाई प्रदान गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया