बिहीबार, वैशाख १३, २०८१

ब्रोडब्याण्ड इन्टरनेटको पहुँच विस्तार तीब्र गतिमा हुँदै

नेपालखोज २०७६ माघ २० गते १२:१३

काठमाण्डौ । नेपाल सरकारले मुलुकको आर्थिक रूपान्तरण र समृद्धिमा सूचना प्रविधिको माध्यमबाट सघाउने ‘डिजिटल नेपाल, फ्रेमवर्क, २०७६ कार्यान्वयनमा ल्याएको छ । ‘सुशासन, विकास र समृद्धिका लागि डिजिटल नेपाल’ दूरदृष्टिका साथ फ्रेमवर्क तर्जुमा गरिएको छ ।

समयसापेक्ष सूचना प्रविधिको प्रयोगमार्फत विभिन्न सेवाक्षेत्र र निकायले कार्यान्वयन गर्नुपर्ने कार्ययोजना समेटिएको उक्त फ्रेमवर्क (कार्यढाँचा) मन्त्रिपरिषद्को गत कात्तिक ५ गतेको बैठकले पारित गरेको हो । आठ वटा कार्यक्षेत्र (डोमिन) र ८० वटा क्रियाकलाप (पहल) भएको फ्रेमवर्क कार्यान्वयनसँगै मुलुकमा जारी सूचना महामार्ग (अप्टिकल फाइबर नेटवर्क) बिछ्याउने कार्यले पनि तीव्रता पाउनेछ । यी पहलले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाका साथै सहस्राब्दी विकास लक्ष्यलाई समेत योगदान गर्ने अपेक्षा गरिएको छ । डिजिटल नेपाल कार्यक्रमको आधार स्तम्भ, डिजिटल फाउण्डेशन हो । जसमा इन्टरनेटको पहुँच विस्तार, डिजिटल सारक्षता र सुशासनको लागि विद्युतीय सेवा उपलब्ध गराउने कुरा समेटिएको छ । केही बर्षयता इन्टरनेटको विस्तारमा तीब्र बृद्धि भएतापनि उपलब्ध सेवाको समाथ्र्य र पहुँच तथा डिजिटल सारक्षता जस्ता समस्याका कारण धेरै नेपालीहरु अझै पनि डिजिटल सेवा र सोबाट उपलब्ध हुन सक्ने अवसरबाट बन्चित नै छन् । तसर्थ यो कार्यक्रमले इन्टरनेटको सेवाको पहुँच सबै नागरिकमा उपलब्ध गराउने उद्देश्य लिएको छ । सोही मुताविक नेपालको पहिलो मोबाइल सेवा प्रदायक निकाय नेपाल टेलिकमले गत असोज १६ गते देखि फोर जी सेवा सुरु गरेको थियो । मूलतः इन्टरनेटको प्रयोग र यसको प्रभावकारितालाई देशव्यापी बनाउने उद्देश्यले ताररहित इन्टरनेट सेवा प्रदान गर्न फोर जी सेवा प्रभावकारी हुने अपेक्षा सहित नेपाल टेलिकमले फोर जी सेवालाई देशव्यापी बनाएको नेपालका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

विगतमा नेपाल टेलिकमले फिक्स बोर्डब्याण्ड अर्थात एडिएसएल मार्फत इन्टरनेट सेवा उपलब्ध गराउँदै आएकोमा हाल एफटिटिएच अर्थात् फाइबर टू दि होमका माध्यमबाट इन्टरनेट सेवा पु¥याउने काम भइरहेको छ । यसको साथै फिक्स बोर्डव्याण्ड पु¥याउन नसकिएका क्षेत्रमा फोर जी सेवा मार्फत इन्टरनेटको पहुँच विस्तार गरी मुलुकको सबै जसो क्षेत्रमा इन्टरनेटको सहज विस्तार गरिसकेको छ । खासगरी तारसहितको इन्टरनेटलाई समेत अत्याधुनिक प्रविधि मार्फत अप्टिकल फाइबरका माध्यमबाट इन्टरनेटको प्रयोगलाई विस्तार गरिएको अधिकारीको तर्क छ ।

नेपाल सरकारले आजभन्दा दुई बर्ष अगाडि नै इन्टरनेटको सञ्जाल विस्तारलाई देशव्यापी बनाउने उद्देश्यका साथ मध्य पहाडी लोकमार्ग र पूर्व पश्चिम राजमार्गमा अप्टिकल फाइबर विछ्याउने कार्यलाई अगाडि बढाएको थियो । यसको निम्ति विभिन्न निकायहरुलाई जिम्मा दिने क्रममा नेपाल टेलिकमले प्रदेश नम्बर १, २ र ३ मा सूचना प्रविधि महामार्ग निर्माण गर्ने जिम्मेवारी पनि प्राप्त गरेको थियो । नेपाल टेलिकमले प्राप्त गरेको उक्त जिम्मेवारी अनुसार हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी काम पनि निर्धारित समयमा नै सम्पन्न हुने टेलिकमले जनाएको छ ।
प्रविधिमैत्री नेपाल निर्माण गरी समृद्धि र विकासको बाटोमा अगाडि बढ्ने डिजिटल नेपाल फ्रेमवर्कको दूरदृष्टिलाई व्यवहारिक रुपमा सार्थक बनाउन पनि सूचना प्रविधिका आधारभूत संरचनाहरु तयार हुनु जरुरी छ । यसको निम्ति इन्टरनेटको पहुँच विस्तार गर्नका निम्ति निर्माण भएका संरचनाहरु प्रभावकारी रुपमा तयार हुँदै गरेको देखिन्छ । तर कतिपय अवस्थामा यसको प्रभावकारी कार्यान्वयनमा केही चुनौती पनि सँग खडा भइरहेका छन् । खासगरी सूचना प्रविधि महामार्ग निर्माण गर्ने क्रममा विछ्याएको अप्टिकल फाइबर निर्धारित समयमा नै सम्पन्न गर्नको निम्ति अन्य भौतिक पूर्वाधाहरुले पनि भूमिका खेल्ने भएकाले पनि यो समस्या देखिएको नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको भनाइ छ ।

खनाल भन्छन्, ‘नेपालको मध्य पहाडी लोकमार्गको आसपासका जिल्ला सदरमुकाम, नगरपालिका उत्तर दक्षिण जोड्ने कार्य अगाडि बढाइएको छ । राजमार्ग तथा पूर्वपश्चिम राजमार्गमा ग्रामीण दूरसञ्चार विकास कोषको परिचालन गरी अप्टिकल फाईवरको सञ्जाल बनाउन तथा सञ्चालन गर्न ३ खण्डमा विभाजन गरी कार्य अगाडि बढाइएको छ । यस अन्तर्गत, मध्य पहाडी लोकमार्गको पांचथर जिल्लाको चियोभञ्जाङ देखि धादिङ र गोरखा जिल्लाको, आरुघाटसम्मको खण्ड नेपाल दूरसञ्चार कम्पनी लिमिटेडसँग सम्झौता भइ काम तीब्र गतिमा भइरहेको छ ।’

विक्रम सम्बत् २०७१ सालमा ब्रोड ब्याण्ड नीति आएसँगै यसले मुलुकका सबै क्षेत्रमा इन्टरनेटको सहज विस्तार र पहुँच पुर्याउने लक्ष्य लिएको छ । यसको साथै सूचना तथा सञ्चार प्रविधिमा जनस्तरको पहुँच सुनिश्चित गर्न पनि यसको पूर्वाधार विकास अत्यावश्यक छ । ब्रोड ब्याण्ड सूचना र प्रविधिको अत्यन्त महत्वपूर्ण पूर्वाधारको रुपमा स्थापित भइसकेको छ । सर्वसुलभ ब्रोडब्याण्ड सेवाको प्रयोगले राष्ट्रिय जीवनका विभिन्न पक्षहरु जस्तै सामाजिक एवं पारिवारिक अन्तरसम्बन्ध, शिक्षा एवं स्वास्थ्य, वाणिज्य, व्यापार लगायत सार्वजनिक सेवा सुविधा विस्तारमा प्रचुर सम्भावना सिर्जना गरेको छ ।

नेपाल सरकारले परिकल्पना गरेको सुखी नेपाली र समृद्ध नेपालको सपनालाई साकार गर्न सूचना र प्रविधिको प्रयोग उच्च तहमा हुनु जरुरी छ । यसको निम्ति फाउण्डेशनको कार्य तीब्र गतिमा भइरहेको छ । अबको ५ बर्षभित्रमा सूचना र प्रविधिको पहुँच विस्तार मात्र होइन, यसको समुचित प्रयोग गरी मुलुकको समृद्धिमा ठूलो फड्को मार्ने लक्ष्य नेपाल सरकारले लिएको छ । यसको निम्ति पनि सूचना र प्रविधिको प्रयोगले महत्वपूर्ण भूमिका खेल्ने प्राधिकरणका अध्यक्ष खनालको बुझाइ छ ।

सूचना र प्रविधिको विस्तार र प्रयोगको पहिलो आधार स्तम्भ भनेको डिजिटल फाउण्डेशन नै हो । डिजिटल नेपाल फ्रेमवर्कले तय गरेको ८ वटा क्षेत्रहरु मध्येको पहिलो प्राथमिकतामा रहेको डिजिटल फाउण्डेशनको क्षेत्रमा भइरहेका उपलब्धीलाई उल्लेखनीय मान्न सकिने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको भनाइ छ ।

नेपालमा सूचना प्रविधिको उच्चतम प्रयोग गरी मुलुकलाई समृद्ध बनाउन सकिने कुरामा कुनै शंका छ्रैन । प्रविधिको विकास र प्रभाव विश्वव्यापी रुपमै बढिरहेका बेला नेपालले पनि यसको समूचित विस्तारलाई महत्वका साथ अगाडि बढाइरहेको छ । डिजिटल नेपाल फ्रेमवर्क तयार गरी यसको व्यवहारिक कार्यान्वयन गर्नका निम्ति डिजिटल फाउण्डेशनको कामले तीब्रता पाएको छ । यसबाट सूचना प्रविधिका माध्यमबाट मुलुकको समृद्धिका निम्ति निदृष्ट गरेका लक्ष्य हासिल गर्न सकिने कुरामा आशावादी हुन सकिन्न ।

प्रतिक्रिया