चीनबाट ल्याइने विद्यार्थीलाई १४ दिन निगरानीमा राखिने
नेपालखोज
२०७६ माघ २१ गते ७:५१
२१ माघ, काठमाडौँ । चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । प्रक्रिया पूरा गरेर यसै साता ल्याइने उनीहरूलाई राख्ने ठाउँ निर्धारण आज मंगलवार बेलुकासम्म हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निमोनिया गराउने नोबेल कोरोना भाइरसको संक्रमणलाई अन्तर्राष्ट्रिय महामारी घोषणा गरिसकेको छ ।
उक्त घोषणापछि सबभन्दा जोरिहेको चीनको वुहानलगायत क्षेत्रबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन नेपाललाई दबाब बढेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
सम्बन्धित

प्रतिक्रिया