शुक्रबार, वैशाख १२, २०८२

न्यारोबडी जहाजमा भ्रष्टाचार भएको आरोप

नेपालखोज २०७६ माघ २१ गते १०:५९

२१ माघ, काठमाडौँ । नेपाल एयरलाइन्सले सन् २०१५ मा खरिद गरेका न्यारोबडी जहाजमा भ्रष्टाचार भएको आरोप लागेको छ । जहाज खरिदबिक्रीमा जहाज निर्माता कम्पनी एयरबसले नेपाल एयरलाइन्सका अधिकारीहरूलाई घुस खुवाएको आरोप लागेको हो । फ्रान्स र बेलायतका भ्रष्टाचार विरोधी निकायले संयुक्त रूपमा गरेको अनुसन्धानले यस्तो देखाएको हो ।

अनुसन्धान प्रतिवेदनअनुसार एयरबसले नेपालमा जहाज बिक्री गर्नका लागि सन् २०१४ र २०१५ मा दुई पटकमा ३ लाख ४० हजार युरो पठाएको उल्लेख गरिएको छ । त्यतिबेला नेपाल एयरलाइन्सको महाप्रबन्धक मदन खरेल थिए ।

अनुसन्धानको क्रममा नेपाल एयरलाइन्सका अधिकारीसँग पनि बयान लिइएको बताइएको छ। दुई साताअघिसम्म नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्ष रहेका खरेल अहिले भने राजीनामा दिएर विदेश गइसकेका छन् ।

एयरबसले नेपालमा जहाज बिक्री गर्न सन् २००७ देखि नै एकजना व्यापारीलाई एजेन्ट नियुक्त गरेको प्रतिवेदनमा उल्लेख छ । एजेन्ट बनेका ती व्यापारीले नेपाल एयरलाइन्ससँग सेटलमेन्ट मिलाउने काम गरेको बताइएको छ ।

प्रतिक्रिया