शुक्रबार, वैशाख १२, २०८२

सुनको मूल्य घट्यो

नेपालखोज २०७६ माघ २२ गते १४:०२

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज बुधबार सुन तोलाको ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको भन्दा तुलनामा ८ सय रुपैयाँले सुनको मुल्य कम भएको हो । बुधबार तेजावी सुन तोलामा ७४ हजार ९ सय रुपैयाँ कायम छ । यसैगरी चाँदी तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो (मंगलबार) को तुलनामा १५ रुपैयाँ घटेको हो ।

प्रतिक्रिया