बिहीबार, माघ ३, २०८१

‘विजय गच्छदार जति भ्रष्ट नेपाली समाजमा कोही पनि थिएन,’ डा.के.सी. (हेर्नाेस् भिडियो)

नेपालखोज २०७६ माघ २३ गते १८:१९

काठमाण्डौ । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले ललिता निवास जग्गा प्रकरणमा केपी ओलीले गुणकारी काम गरेको भन्दै गच्छदारलाई कांग्रेस आफैले फसाएको हुन सक्ने शंका उनले गरेका छन् ।

Advertisement

ललिता निवास जग्गा प्रकरणका बिषयमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विजयकुमार गच्छदार नेपालकै सबैभन्दा भ्रष्ट मान्छे भएको र उनलाई उहिल्यै कारबाही गर्नुपर्नेमा अहिलेसम्म केही नभएको भन्दै उनले भने ‘कांग्रेसमा ४० प्रतिशत भाग खोजेका कारण तह लगाईएको पनि हुनसक्छ ।’

कार्यक्रममा पूर्व कानुनमन्त्री एवं नेकपाका नेता शेरबहादुर तामाङले नेपाली कांग्रेसलाई आफ्नो नेता भ्रष्ट्राचार प्रकरणमा परेको चिन्ता भएको बताएका छन् । प्रधानमन्त्री ओलीको भ्रष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भन्ने आदर्शका कारण मुलुकमा धेरै हदसम्म भ्रष्ट्राचार नियन्त्रण भएको समेत बताए ।

तामाङसहित कांग्रेस नेता चन्द्र भण्डारी, ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष खेमराज रेग्मी, बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राजनैतिक विश्लेषक डा.सुरेन्द्र केसी उपस्थित भएको उक्त कार्यक्रममा सबै बक्ताहरुले ललिता निवास प्रकरणमा केन्द्रित भएर आफ्नो धारणा प्रस्तुत गरे ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश पटक पटक गलत मान्छेको हातमा परेको भन्दै सिंहदरवारबाट कारबाही शुरु गर्नुपर्नेमा जोड दिए । भने ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष खेमराज रेग्मीले सरकारले साहसिक कदम चालेको भन्दै तत्कालिन प्रधानमन्त्रीलाई पनि कारबाही गर्न माग गरे । केही पात्रहरुलाई सजिलै उन्मुक्ति दिएको भन्दै उनले थपे, ‘जग्गा फिर्ता दिएको भनेरमात्र उन्मुक्ति दिन मिल्दैन, अख्तियारले यसको जवाफ सबैलाई दिनुपर्छ ।’

यस्तै कार्यक्रमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कानुनको असमान प्रयोग हास्यास्पद भएको भन्दै सरकारले नितिगत भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाए ।

ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्व प्रमुख आयुक्त सहित पूर्व उपप्रधानमन्त्री, पूर्व मन्त्रीहरु लगायत विभिन्न ओहोदाका १७५ जनामाथि मुद्दा दायर गरेको छ ।

 

प्रतिक्रिया