शुक्रबार, चैत १६, २०८०

१५ लाख रुपैयाँमा पाइने कार नेपाल ल्याउने तयारी, यस्ता छन् यस कारका विशेषता !

नेपालखोज २०७६ माघ २६ गते १७:४३

काठमाडौँ । ग्रेट वाल मोटर्सको ओरा (आर —१) कार नेपाल भित्र्याउन नेपाली व्यवसायीहरु लागि परेका छन् । यो कार ग्रेट वाल मोटर्सले अटो एक्स्पो २०२० मा सार्वजनिक गरेको हो । यो सार्वजनिक भएसँगै यस कारको अवलोकनकालागि मानिसहरुको भिड लागेको आयोजकले जानकारी दिएका छन् । यस कारको मुल्य चीनमा करिब ९ लाख नेपाली रुपैयाँ बराबर पर्ने गर्छ । नेपाल आइपुग्दा यो कारको मुल्य करिब १५ लाख रुपैयाँको हाराहारी पर्ने देखिन्छ ।

यस्ता छन् यस कारका विशेषता

— यो कार प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा दौडन सक्छ ।
— यसले फुलचार्जमा ३५१ किलोमिटरको दुरी तय गर्ने क्षमता राख्छ ।
— यसमा ३३ किलोवाटको लिथियम आयोन ब्याट्री र ३३ किलोवाटकै इलेक्ट्रीक मोटर जडान गरिएको छ ।

— ओरा आर—१ मा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।
— कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेशर मोनिटरिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर जस्ता फिचरहरु यस कारमा रहेका छन् ।

प्रतिक्रिया