पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या घरकै कामदारले गरेको प्रमाण भेटियो
काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या उनकै घरमा काम गर्ने विजय चौधरीले गरेको प्रारम्भिक प्रमाणबाट खुलेको छ । प्रहरी स्रोतका अनुसार घरमा जडान भएको सिसिटिभी फुटेजमा पिर्काले हानेर मुनाको हत्या गरेको देखिएको हो।
घरका कामदार चौधरीले पहिले मुनाको हत्याकालागि पिर्काले हिर्काएर अन्तिम अवस्थामा पु¥याए पश्चात आफैंले आत्महत्या समेत गरेको सिसिटिभी फुटेजमा देखिएको स्रोतले जानकारी दियो । यि प्रमाणलाई आधार मानेर भन्दा आज घरमा कोही पनि नभएको अवस्थामा कामदार चौधरीले मुना कार्कीमाथि आक्रमण गरेका थिए। यसपछि भने उनी आफैले समेत आत्महत्या गरे ।
पूर्वसचिव कार्कीको घरमा चौधरी नाइलनको डोरीको पासो लागेर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए। श्रीमती मुना कार्की अचेत अवस्थामा भान्छाकोठामा फेला परेकी थिइन्। मुनाको टाउकोभरि चोट लागेको र रगत लत्पतिएको अचेत अवस्थामा भेटिएको थियो। उनीहरूबीच मनमुटाव भए नभएकोबारे भने प्रहरीले खुलाएको छैन।
पूर्वसचिव कार्की पूजा गर्न पशुपति मन्दिर गएको र घरमा रहेकी अर्की कामदारसमेत कार्कीका छोरालाई विद्यालय पुर्याउन गएका बेला हत्या भएको प्रहरीको भनाइ छ।
कार्की दम्पतिका दुई छोरी विदेश छन् भने १२ वर्षका एक छोरा घरमै छन् ।
प्रतिक्रिया