शनिबार, वैशाख १३, २०८२

कोरोनाका कारण मर्नेको संख्या १ हजार नाघ्यो, विश्वभर ४२ हजारभन्दा बढी संक्रमित

नेपालखोज २०७६ माघ २८ गते ८:२०

एजेन्सी । चीनमा फैलिएको कोरोना भाइरसका कारण मर्नेको संख्या एक हजार नाघेको छ । चीनको हुवेई प्रान्तका एकजना स्वास्थ्य अधिकारीले कोरोनाका कारण सोमबार हिजो हुबेइमा मात्र १०३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

उनले हुबेइमा अहिलेसम्म ९७४ जनाको मृत्यु भएको समेत जानकारी दिएका छन् ।  कोरोनाका कारण मेनल्यान्ड चाइनामा एक हजार ११ ले ज्यान गुमाएका छन् भने विश्वव्यापीरुपमा एक हजार १३ जनाको मृत्यु भएको छ । जसमा एकजनाको हङकङमा र एकजनाको फिलिपिन्समा मृत्यु भएको हो ।

त्यसैगरी सोमबार हुबेइमा दुई हजार ९७ जना संक्रमित भएका छन् । हुबेइमा २५ हजार संक्रमित अस्पतालमा भर्ना गरिएका छन् । जसमा १ हजार २ सय ९८ को अवस्था गम्भीर भएको बताइएको छ ।

विश्वभर ४२ हजारभन्दा बढी संक्रमित भएको जनाइएको छ । जापानको डाइमन्ड प्रिन्सेस क्रुजमा सवार १३६ जनामा कोरोनाको संक्रमण भएको पुष्टि गरिएको छ ।

प्रतिक्रिया