मंगलबार, वैशाख ११, २०८१

टाइगरको बागी ३ मा कोरोनाको असर

नेपालखोज २०७६ फागुन २७ गते ९:१५

एजेन्सी । गएको शुक्रबार रिलिज भएको टाइगर श्रौफको फिल्म बागी ३ ले बक्स अफिसमा झण्डै ५४ करोडभन्दा बढीको कलेक्शन गर्न सफल भएको छ । फिल्मको कमाईमा कोरोना भाइरसको असर परेको छ ।

पहिलो दिन १७ करोड कमाई गरेको यस फिल्मले दोस्रो दिन भने १६ करोड कमाई गरेको थियो । त्यस्तै तेस्रो दिन २१ करोडको कमाई गरेको थियो । अब भने भाइरसका कारण फिल्मको कमाईमा लगातार कमी आएको छ ।

विश्वभर कोरोना भाइरसको त्रास रहेको छ । भारतमा पनि यो भाइरस फैलिइसकेको छ । यसको असर फिल्मको कलेक्सनमा पनि परेको छ । यस फिल्मलाई अहमद खानले निर्देशन गरेका हुन् ।

त्यस्तै अन्य फिल्म निर्माताहरुले पनि फिल्म रिलिज गर्ने वा नगर्ने दोधारमा परेका छन् । फिल्म रिलिज गरेर पनि दर्शकहरु हलमा आएनन् भने फिल्म रिलिज गर्नु सार्थकता केही नहुने उनीहरुको ठम्याई रहेको छ ।

रोहित सेट्टीको फिल्म सुर्यवंशी पर्ने सर्ने सम्भावना बलियो रहेको बताइएको छ ।

प्रतिक्रिया