शनिबार, वैशाख १३, २०८२

नेपाल दूरसञ्चार प्राधिकरण एनसेललाई नौ मेगाहर्ज फ्रिक्वेन्सी दिँदै

नेपालखोज २०७६ माघ २८ गते ९:३५

२८ माघ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अक्सनमार्फत जितेको फ्रिक्वेन्सी एनसेललाई दिने भएको छ । प्राधिकरणको बोर्ड बैठकले एनसेललाई सर्तहरूसहित फ्रिक्वेन्सी दिने निर्णय गरेको हो ।

एनसेलले १८०० मेगाहर्ज ब्यान्डको बाँकी फ्रिक्वेन्सी अक्सनबाट जितेकोे हो । उसले माग गरेअनुसार नौ मेगाहर्जको फ्रिक्वेन्सी नै पाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार एनसेललाई निश्चित सर्तहरू पालना गर्ने गरी फ्रिक्वेन्सी दिइएको हो । एनसेलले १८०० मेगाहर्ज ब्यान्डको नौ मेगाहर्ज फ्रिक्वेन्सी लिएसँगै ती सर्तहरू पनि पूरा गर्नुपर्नेछ ।

एनसेललाई सन् २०२० भित्र सहरी क्षेत्रका ९५ प्रतिशत मानिसलाई समेट्ने गरी फोरजी विस्तार गर्नुपर्ने र गाउँपालिकाको हकमा भने सन् २०२२ सम्म फोरजी सेवा उपलब्ध गराइसक्नुपर्ने सर्त रहेको छ ।

त्यस्तै, ९५ प्रतिशत पर्यटकीय क्षेत्र हाइवे, राष्ट्रिय निकुञ्जमा सन् २०२२ भित्र फोरजीको पहुँच पु¥याउनु पर्नेछ । सन् २०२२ सम्म एनसेलले ३ हजार नयाँ फोरजी साइट विस्तार गर्नु पर्नेछ ।

प्रयोगको हिसाबले एनसेलको फोरजीको स्पिड सहरी भेगमा न्यूनतम २० एमबीपीएस र ग्रामीण भेगमा १० एमबीपीएस हुनु पर्ने लगायत सर्त प्राधिकरणले राखेको छ ।

प्रतिक्रिया