मंगलबार, वैशाख ११, २०८१

अब बजारमा आउँदैछ यस्तो डर्ट बाइक !

नेपालखोज २०७६ माघ २८ गते १४:१३

काठमाडौँ । आस्टा अटोमोबाइलले नेपाली बजारमा नयाँ इलेक्ट्रीक मोटरसाइकल एसेम्बल गर्ने तयारी गरेको छ । स्रोतका अनुसार कम्पनीले यसको एसेम्बल प्लान्ट काठमाडौंको किर्तिपुरमा लगाउने प्रक्रिया अगाडि बढाएको हो। अबको तिन महिनाभित्र गो—क्यो नामक ब्राण्डको मोटरसाइकल एसेम्बल सुरु गर्ने तयारी यस कम्पनीले गरिरहेको छ ।

कसरी, कस्तो बन्नेछ गो—क्यो ?

— गो–क्यो ब्रान्डको इलेक्ट्रीक बाइकको मोडल नेम ‘रि’ हुनेछ ।
— यसमा प्रयोग गरिने मोटर कन्ट्रोलर जर्मनीबाट ल्याउने तयारी छ ।

— यसमा प्रयोग गरिने फ्रेम चीनबाट ल्याउने तयारी छ ।

— यस बाइकमा किलेस स्टार्ट, बेटर ग्रिप, बेटर क्लाइम्बिङ क्षमता रहने छ ।
— यस बाइकमा राम्रो पावर र राम्रो सक एब्जब्र्सन इफेक्ट आदि रहने छन् ।

— यसमा ५ किलोवाटको मोटर प्रयोग गरिने छ ।
— कम्पनीले सिंगल वा डबल ब्याट्री अप्सन दिन सक्ने बताइएको छ ।

— सिंगल व्याट्रीयुक्त मोटरसाइकल एक पटकको फूलचार्जमा १०० किलोमिटर चलाउन सकिने छ ।
— डबल व्याट्री भएको बाइकले फुलचार्जमा २०० किलोमिटर रेञ्ज दिने छ।

— घरायसी प्रयोगको बिजुलीले यसलाई ४ घण्टामा सिंगल ब्याट्री र ८ घन्टामा डबल ब्याट्री चार्ज गर्न सकिन्छ ।
— यो ब्राण्डका बाइक शहर र अफरोड दुवैमा चलाउन सकिने कम्पनी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया