बारामा १४ वर्षीय बालकको हत्या
नेपालखोज
२०७६ माघ २९ गते ११:१२
२९ माघ, काठमाडाैं । बारा प्रसौनी गाउँपालिका ७ स्थित बलुवा गाउँमा १४ वर्षीय बालकको शव फेला परेको छ।
सोमबार बेलुकी हराएका राधेश्याम सहनीका छाेरा रोशन सहनी मंगलबार साँझ करिब ६ बजे हत्या गरिएको अवस्थामा शव फेला परेका थिए।
सहनीको टाउकोमा ढुङ्गाले हिर्काएर हत्या गरी खेतमा फ्याकिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख कृष्ण पङ्गेनीले बताए।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सम्बन्धित

प्रतिक्रिया