शुक्रबार, वैशाख १४, २०८१

भेस्पा ब्राण्डमा नयाँ रेन्जका स्कुटर सार्वजनिक

नेपालखोज २०७६ माघ २९ गते १८:४७

काठमाडौँ । भेस्पा ब्राण्डमा नयाँ रेन्जका स्कुटर सार्वजनिक भएका छन् । पियाजियो इन्डियाले भारतमा जारी अटो एक्सपोमा हालै नयाँ रेन्जका स्कुटर सार्वजनिक गरेको हो ।
एक्स्पोमा भेस्पा आरईडी, भेस्पा एसएक्सएल, भेस्पा भीएक्सएल फेसलिफ्ट जस्ता स्कुटर प्रदर्शन गरिएका छन् । यी स्कुटर आगामी ६ महिना भित्र भारतमा लन्च गरिने सम्भावना छ ।

भेस्पा नयाँ रेन्जका यस्ता छन् विशेषता !

— यी स्कुटर बीएस ६ मापदण्डयुक्त छन् ।
— इन्जिनमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिष्टम राखिएको छ ।

— थ्री भल्वको फोर स्ट्रोक इन्जिन छ ।

— १५० सीसीको सिंगल सिलिन्डर इन्जिनले १०.३२ बीएचपी पावर र १०.६ एनएमको टर्क जेनेरेट गर्छ ।

— भेस्पाको २०२० फेसलिफ्ट रेन्जमा एलईडी हेडलाइट, डेटाइम रनिङ लाइट, बुट ल्याम्प, यूएसबी मोबाइल चार्जर जस्ता फिचर छन् ।
— कलरको विकल्प पनि थप उपलब्ध छ ।

प्रतिक्रिया