शुक्रबार, वैशाख ७, २०८१

टिभेट पत्रकारिता पुरस्कार स्थापना

नेपालखोज २०७६ माघ २९ गते १९:२९

पोखरा । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको प्रवद्र्धनमा नेपालका आमसञ्चारकर्मीको योगदानलाई प्रोत्साहित गर्नका लागि टिभेट जनसचेतना अभियान अन्तर्गत टिभेट पत्रकारिता पुरस्कारको स्थापना गरिएको छ । यो पुरस्कार नेपालभरि प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमका सम्बन्धमा गुणस्तरिय पत्रकारितालाई प्रोत्साहित गर्नु यसको लक्ष्य रहेको महाशाखाका उपनिर्देशक बज्रचार्यले जानकारी दिए ।

प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमसम्बन्धमा मुलुकभरि प्रभाव पार्नसक्ने समाचार सामग्रीलाई सर्वोत्तम समाचारका लागि रु ५० हजार नगद र टिभेट राष्ट्रिय सर्वोत्तम समाचार पुरस्कार प्रदान गरिने छ । तालीमबाट प्राप्त हुने अवसरका विषयवस्तुको प्रचारप्रसार गर्ने जनकपुर, पोखरा र टीकापुरका एक एकजना पत्रकारलाई जनही रु १५ हजारसहित सर्वोत्तम समाचारको पुरस्कार दिइने घोषणा गरिएको छ ।

प्रतिक्रिया