शनिबार, वैशाख १३, २०८२

१४ हजार बालबालिकालाई दादुरा खोप दिइने

नेपालखोज २०७६ फागुन १ गते १३:२८

इटहरी । इटहरी उपमहानगरमा फागुन १४ देखि २२ गतेसम्म दादुरा र रुवेलाविरुद्धको खोपका लागि तयारी तीव्र पारिएको छ । इटहरीमा नौ महिनादेखि पाँच वर्षमुनिका १४ हजार २४७ बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप प्रदान गरिनेछ ।

दादुरा र रुवेला खोप अभियानकै अवसरमा जन्मेदेखि पाँच वर्षसम्मका १७ हजार ३४६ बालबालिकालाई पोलियो थोपासमेत खुवाइने कार्यक्रम रहेको उपमहानगर स्वास्थ्य संयोजक रामचरण चौधरीले जानकारी दिए । इटहरीका ६४ स्थानमा खोप प्रदान गर्न २४ जनालाई तालीम दिइसकिएको छ । सबै वडामा अभिमुखीकरण कार्यक्रम गरिँदैछ ।

जन्मेदेखि पाँच वर्षसम्मका बालबालिका रहेका सबै घरहरुमा खोपका लागि निम्तो कार्ड पु¥याइने सरोकारवालासँग गरिएको नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक घनश्याम सिग्देलले बताए । खोप अभियानका लागि १८५ स्वयंसेवक परिचालन गरिनेछ । कार्यक्रममा इटहरी अस्पतालका डा मनिष शर्मा, स्वास्थ्यकर्मी रामकुमार धमला र जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स सिर्जना लिङथेपले रुवेला–दादुरा खोप अभियानको महत्वका बारेमा प्रकाश पारे ।

प्रतिक्रिया