खरिपाटीले भुलायो वुहानको पीडा
नेपालखोज
२०७६ फागुन ५ गते ७:१०
काठमाडौं । चीनको हुपै प्रान्तबाट १ सय ७५ नेपाली आइतबार बिहान झिसमिसेममा काठमाडौं ओर्लिए । उनीहरू राष्ट्रिय ध्वजावाहक विमानबाट स्वदेशमा पाइला टेकेभन्दा क्वारेन्टाइन स्थल पुग्दा बढी खुसी देखिन्थे ।
विमानस्थलमा ओर्लेपछि स्वास्थ्य जाँच गरी प्रहरी स्कर्टिङमा उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र (क्वारेन्टाइन)मा लगिएको हो ।
चीनको सुन्दर प्रान्त एकाएक कोरोना भाइरस संक्रमणको केन्द्र बनेपछि त्यहाँबाट फर्किंदा ‘कालको मुखबाट फिर्ता आएझैं’ महसुस भएको केहीले बताएका छन् । बसबाट लामो यात्रा, त्यसपछि हवाई उडानले थकित उनीहरू क्वारेन्टाइन क्षेत्रमा पुग्दा सरकारको तयारीले दंग परेका हुन् । उनीहरूले नयाँ जीवन पाएको महसुस गरेका छन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।
सम्बन्धित
प्रतिक्रिया