शुक्रबार, वैशाख १२, २०८२

५ सय घण्टासम्म चार्ज टिक्ने मोबाइल लन्च

नेपालखोज २०७६ फागुन ६ गते १३:३९

काठमाडौँ । इन्टेक्सले ५ सय घण्टासम्म चार्ज टिक्ने मोबाइल सार्वजनिक गरेको छ । भारतीय स्मार्टफोन निर्माता इन्टेक्सले ४ हजार एमएएच क्षमताको ब्याट्री भएको इन्टेक्स अक्वा पावर स्मार्टफोन लन्च गरेको हो । कम्पनीका अनुसार यो स्मार्टफोनमा ४ हजार एमएएच क्षमताको ब्याट्री भएको हुँदा इन्टेक्स अक्वा पावर स्मार्टफोन ११ घण्टाको टकटाइम तथा ५ सय घण्टाको स्टान्डवाई समय दिनेछ ।

इन्टेक्समा १.४ गीगाहर्जको अक्टा कोर मिडिया टेक प्रोसेसरद्धारा संचालित छ । यसमा एन्ड्रोयड किटक्याट ४.२.२ भर्सनको अपरेटिङ सिष्टम राखिएको छ ।
यो स्मार्टफोनको बजार मूल्य भारतमा ८ हजार ४ सय ४४ रुपै‌याँ मात्र तोकिएको छ ।

प्रतिक्रिया