शुक्रबार, वैशाख १४, २०८१

हिरोले १६० सीसीको नयाँ स्टिइलिश बाइक लन्च ग¥यो

नेपालखोज २०७६ फागुन ६ गते १३:५६

काठमाडौँ । हिरोको नयाँ बाइक एक्स्ट्रिम १६० आर स्ट्रिटफाइटर बाइक सार्वजनिक गरिएको छ । हिरो मोटोकर्पले भारतको जयपुरमा हिरो मोटोकर्प वर्ल्ड २०२० प्रेस कन्फ्रेन्सको आयोजना गरी आफ्ना नयाँ उत्पादनको वारेमा जानकारी दिएको हो। एक्स्ट्रिम १६० आर स्ट्रिटफाइटर नयाँ मोडलको बाइक सार्प छ भने यसमा एलईडी हेडल्याम्पका साथै विभिन्न नयाँ फिचरले सुसज्जित छन् ।

सो बाइक आगामी मार्च महिनाको अन्त्यमा हुने बताइएको छ । यसको वारेमा धेरै जानकारी त्यही समयमा हुने बताइएको छ ।

बाइकको तौल १३८ किलोग्राम छ र यसको पावर टु वेट रेसियो कलास लिडिङ हुने हिरोको दावी छ । तीन कलर र दुई भेरिएन्टमा बाइक लन्च हुने बताइएको छ ।

हिरोले अर्को बाइक प्यासन प्रो र ग्लयामर १२५ लाई अपडेट गरी बीएस ६ मापदण्डयुक्त बनाएको छ । हिरोले हालै १५० सीसीको एक्स्ट्रिम स्पोर्ट्स बाइक बजारमा अब उपलब्ध नगराउने र यसको सट्टामा १६० सीसी सेगमेन्टका बाइकमा जोड दिने समाचार सार्वजनिक भएका थिए । यसै कुरालाई मध्यनजर गरी हिरोले यो बाइक बजारमा उपलब्ध गराउने लागेको बताइएको छ । हिरोको अर्को बाइक करिज्मा जेडएमआर समेत अब बजारमा नहुने बताइएको छ ।

प्रतिक्रिया