शनिबार, वैशाख २९, २०८१

टाटाकाे लन्च हुन लागेका नयाँ इलेक्ट्रिक गाडी

नेपालखोज २०८० साउन १६ गते १५:३६

काठमाडाैं । कार निर्माताहरूसँगै नयाँ कार खरिदकर्ताका लागि पनि विद्युतीय सवारीसाधन नै भविष्य हुन् र यस्तो अवस्थामा आगामी दिनमा एक से एक विद्युतीय कार लन्च गर्ने होड चलेको छ ।

टाटा मोटर्सले हाल विद्युतीय सवारी साधनको खण्डमा प्रभुत्व जमाएको छ र यो कम्पनीले भविष्यमा आफ्नो ईभी पोर्टफोलियो विस्तार गर्न सक्दो प्रयास गरिरहेको छ । यदि तपाइँ पनि टाटाको आगामी इलेक्ट्रिक कारहरूका बारेमा जान्न चाहनुहुन्छ वा किन्न चाहनुहुन्छ भने हामी तपाईलाई यस्ता ४ वटा गाडीका बारेमा बताउँदै छौँ जसले आफ्नो लुक–फिचर र ब्याट्रीको रेन्जले मानिसहरुलाई लोभ्याउने छ ।

टाटा पञ्च ईभी

पञ्च ईभी टाटा मोटर्सको आगामी विद्युतीय एसयूभी मध्ये एक हो, जुन यो वर्षको चाडपर्वको सिजनमा सार्वजनिक हुन सक्छ । पञ्च ईभी टियागो ईभी, टिगोर ईभी र नेक्सन ईभी जस्तै जिप्ट्रोन टेक्नोलोजीमा आधारित हुनेछ र यसले एक पटक चार्जमा ३०० किलोमिटरभन्दा बढीको रेन्ज प्रदान गर्न सक्छ ।

टाटा ह्यारियर ईभी

ह्यारियर ईभी टाटाले यो वर्षको दिल्ली अटो एक्सपोमा प्रस्तुत गरेको थियो । तर त्यो उत्पादनका लागि तयार मोडेल थिएन। Harrier EV मा डुअल इलेक्ट्रिक मोटर सेटअप हुन सक्छ। Harrier को इलेक्ट्रिक संस्करणले ४०० किलोमीटर भन्दा बढीको रेन्ज दिनेछ । यो गाडि शक्तिशाली ब्याट्री द्वारा संचालित हुनेछ । यसलाई वर्ष २०२४ को अन्त्यमा वा २०२५ को सुरुमा लन्च गर्न सकिन्छ।

टाटा कर्भ ईभी

कर्भ ईभी टाटा मोटर्सबाट आउने विद्युतीय एसयूभीहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण हो। कर्भ ईभी अर्को वर्ष लन्च हुन सक्छ । टाटाको यो कुप स्टाइल इलेक्ट्रिक एसयूभीको ब्याट्री रेन्ज एक पटकको चार्जमा ५००-६०० किलोमिटरसम्म पुग्न सक्छ। कर्भ ईभीले आगामी हुन्डाई क्रेटा ईभी तथा मारुती सुजुकी ईभीएक्सका साथै महिन्द्राको आगामी इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।

टाटा सिएरा ईभी

अटो एक्सपो – २०२३ मा टाटा मोटर्सले आफ्नो आगामी इलेक्ट्रिक एसयूभी सिएरा ईभी पनि प्रदर्शन गरेको थियो , जुन निकै शक्तिशाली देखिन्छ। यो विद्युतीय एसयूभीमा शक्तिशाली ब्याट्री हुनेछ, जसको रेन्ज पनि उत्कृष्ट हुनेछ । सिएरा इलेक्ट्रिक सन् २०२५ सम्ममा लन्च हुन सक्छ ।

प्रतिक्रिया