शनिबार, वैशाख १५, २०८१

स्वास्थ्य बीमा गरेका बिरामीलाई भेद्भाव नगर्न निर्देशन

नेपालखोज २०७६ फागुन ७ गते १९:३१

सुर्खेत । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य बीमामार्फत उपचार गर्न आउने बिरामीलाई भेद्भाव नगर्न निर्देशन दिएका छन् । । प्रदेश अस्पतालको १४औँ स्थापना दिवसका अवसरमा आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य बीमाका सेवाग्राहीलाई राम्रो व्यवहार नगरेको धेरै गुनासो आउने गरेकाले त्यस्तो कुनै भेद्भाव नगर्न निर्देशन दिए ।

राज्यमन्त्री रावतले स्वास्थ्य उपचारमा जनताको ठूलो धनराशी खर्च भइरहेकाले स्वास्थ्य बीमामार्फत यसलाई घटाउने योजनामा सरकार लागिपरेको बताए । उनले पछिल्लो समय प्रदेश अस्पताल सुर्खेतप्रति जनविश्वास बढ्दै गएकाले यसलाई थप गुणस्तरीय र सेवा विस्तार गर्न व्यवस्थापन समिति र प्रशासनको महत्वपूर्ण भूमिका रहने बताए ।

प्रतिक्रिया