बिहीबार, वैशाख १३, २०८१

खोकी लागेको छ ? नखानुस् यी खानेकुरा

नेपालखोज २०७६ फागुन ८ गते ६:०५

१.कफी तथा चिया
खोकी लाग्दा कफी र दुधको चिया खानु हुँदैन । कफी र दुध मिसाइएको चियाले घाटीलाई सुख्खा बनाउने छ । यस्तै खानेकुरा निल्दा समेत गाह्रो हुन्छ जसले गर्दा खोकीको समस्या झनै बढ्न सक्छ ।

२.जंक फुड
जंक फुडले हाम्रो शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । त्यसैले खोकी लागेको समयमा जंक फुड खादा खोकीको समस्या झनै बढ्छ ।

३.तारिएका खानेकुरा
खोकी लाग्दा तारिएका खानेकुरा नखानु उपयुक्त हुन्छ ।तारिएका खानेकुरामा हुने तेल अर्थात चिल्लोले खोकी लाग्ने समस्या झनै बढ्छ ।
तातो तेलमा खानेकुरालाई लामो समय फ्राइ गर्दा एक्रोलिन नामक तत्व उत्पन्न हुने र त्यसले खोकी लाग्ने र घाँटी दुख्ने कारक तत्वलाई सक्रिय बनाउँछ ।

४.चिसो पदार्थ
आइस क्रिम र चिसो पेय पदार्थले घाँटीको संक्रमणको खतरा हुन्छ ।

५.मदिरा
मदिराले रोग प्रतिरोधात्मक क्षमता घटाउनुका साथै डिहाइड्रेसन गराँउछ । यसले खोकी झन् खोकी बढाउनुका साथै अन्य समस्या उत्पन्न गर्छ ।

प्रतिक्रिया