अनुहारको छालामा चमक कायम राख्न यस्तो गर्नुस्
१. अर्गानीक खानेकुराहरु
छालामा भएका दाग वा दानाहरु कम गर्न अर्गानीक खाने कुराको प्रयोग गर्नु आवश्यक हुन्छ । यसले दाग वा दानाबाट बच्नका लागि ब्ल्याक बेरी, स्ट्रबेरी, ब्लुब्री, क्रैनबेरी, र आर्टिचोकको सेवन गर्ने गर्नुपर्छ। छालालाई सुन्दर बनाउनको लागि खानेकुराहरु, दाल, ताजा काचो फलफुल, तरकारी, हरियो सागपातहरु, माछा मासु खानु राम्रो हुन्छ ।
२. पेय पदार्थको प्रयोग
अनुहारका दाग, धब्बाहरु हटाउने सजिलो उपाए पानी पिउनु भन्दा सजिलो अरु उपाय छैन् । यसले शरिरमा भएको अखाद्यया वा विष युक्त पदार्थलाई बाहिर निकाल्न सहयोग गर्छ । तपाई हर्बल चिया, सुप, फलफुल र तरकारीहरुको जुस पिउन सक्नुहुन्छ, किनकी तिनीहरुमा कम्तीमा पनि १० प्रतिशत पानी हुन्छ । यसले छालामा चमकता पनि ल्याउन्छ र निखार पन पनि । दिनभरमा कम्तीमा पनि १.५ लिटर पानी पिउनु आवश्यक हुन्छ र अवश्य पनि पिउनुस् ।
३.प्रोटीनयुक्त खानेकुराहरु
प्रोटीनयुक्त खानेकुराहरु पनि छालाका लागि आवश्यकता पर्दछ । त्यसैले आफ्नो खानामा नियमीत रुपमा प्रोटीनयुक्त आहारहरुको प्रयोग गर्नुहोस् । आफ्ना् खानामा मासु, माछा, अण्डा, दुध, दहि, पनिर, सोयाविन र दाल लिनुस् । यसले तपाईको शरिरलाई प्रयाप्त प्रोटीन दिनेछ । किनकी प्रोटीनयुक्त खानाले छालाका कोषीकाहरुको निर्माणमा सहयोग पुर्याउन्छ ।
४.भिटामीन सि युक्त खानेकुराहरु
कागती, अमला, सुन्तला, दलेको दाल र हरियो दुर्सानीमा भिटामीन सि पाइन्छ । यसलाई नियमीतखानेकुराको रुटिङमा राख्नुस्। किनकी छालको लचिलोपन र कोलोजनलाई सुधार्नमा यसले सहयोग पुर्याउछ ।
५. मौसमी फलफुलको प्रयोग गर्नुस्
भित्र बिज भएका फलफुलहरु तरभुजा, खरभुजा, आलुबोखडा, जामुना, लीचि लगायतका फलफुलहरुको सेवनले छालालाई फाइदा गर्छ । यसले छालालाई कोमल र चमकदा बनाउन सहयोग गर्छन् । छालाका लागि अर्गा्निक चिज निकै आवश्यक हुन्छन् । यसले तपाई छालाको सुन्दरता र कोमलतालाई मात्र होइन् तपाई स्वास्थ्यमा समेत असर पर्न दिदैन् ।
प्रतिक्रिया