शुक्रबार, वैशाख ७, २०८१

दोस्रो सन्तानकी आमा बनिन् बलिउड अभिनेत्री लिजा

नेपालखोज २०७६ फागुन ८ गते ८:४२

एजेन्सी । बलिउड अभिनेत्री तथा मोडल लिजा हेडन दोस्रो सन्तानकी आमा बनेकी छन् । लिजाले दोस्रो सन्तानको रुपमा छोरो जन्माएकी छन् । उनले छोराको नाम लियो राखेकी छन् ।

लिजाले सोसल मिडियामा छोराको तस्बिर सेयर गर्दै फ्यानलाई यसको जानकारी गराएकी हुन् । लिजाले आफ्ना छोराहरू ज्याक र लियोको तस्बिर सेयर गर्दै लेखेकी छन् ‘यो सानो आशीर्वादले मेरो मन छोएको छ ।

यस्तो पहिला कहिल्यै भएको थिएन् । जुन प्रेमले मैले उनीहरूलाई हेरिरहेको छु त्यसको बयान गर्न मसँग शब्द नै छैन् । मलाई अझै विश्वास लागि रहेको छैन कि म यिनीहरूकी आमा हुँ ।’

२०१६ अक्टोबरमा डिनो लालवानीसँग विवाह गरेकी लिजाको यसअघि एक छोरा थिए । १७ मे २०१७ मा उनले पहिलो सन्तान जन्माएकी थिइन् ।

लिजाले २०१० मा प्रदर्शनमा आएको फिल्म ‘आइसा’ बाट बलिउडमा प्रवेश गरेकी थिइन् । उनले क्विन, हाउसफुल–३ र ऐ दिल है मुस्किलजस्ता हिट फिल्ममा काम गरेकी छन् ।

प्रतिक्रिया