शुक्रबार, वैशाख १४, २०८१

रणबीर र आलिया भट्टको विवाह डिसेम्बरमा, विक्की र कटरिना पनि एक हुँदै !

नेपालखोज २०७८ कार्तिक १० गते १७:४२

काठमाडौं । विवाहको सिजन सुरू हुन लागेको छ । बलिउडका प्रेम जोडीहरू बीच विवाह हुने चर्चाले पनि चलिरहेको छ । बलिउड अभिनेत्री कटरिना कैफ तथा अभिनेता विक्की कौशल विवाह बन्धनमा बाधिन लागेको चर्चा बीच अहिले आलिया भट्ट र रणबीर कपुरको विवाह पक्का भएको खबरले थप चर्चा बटुलेको छ । आलिया र रणबीरको विवाह लामो समयदेखि चर्चाको विषय रहँदै आएको थियो ।

गत वर्ष पनि आलिया र रणबीर बीच विवाह हुन लागेको खबर आएको थियो तर पछि कोरोना महामारीका कारण उक्त विवाह स्थगित गर्नु पर्‍यो। अहिले उनीहरुले कटरिना कैफ र विक्की कौशलले जस्तै यही अंग्रेजी वर्षको डिसेम्बरमा विवाह गर्ने पक्का भएको छ । भनिन्छ विवाहकै कारण रणबीरले चलचित्र एनिमलको छायांकन जनवरी २०२२ सम्मका लागि स्थगित गरेका छन् । पहिले चलचित्र ‘ब्रह्मास्त्र’ को छायांकन सम्पन्न भए लगत्तै उनी ‘एनिमल’ को सुटिङमा सक्रिय हुने कुरा थियो । अर्कातिर आलिया भट्टले पनि यो अक्टोबर भित्रै आफ्ना सारा असाइनमेन्ट पुरा गरी नोभेम्बरदेखि जनवरीको पहिलो सातासम्म आफूलाई फ्रि राख्न लागेको बलिउड मिडियाहरुले उल्लेख गरेका छन् ।

आलिया र रणबीरले क्रिकेटर विराट कोहली तथा अभिनेत्री अनुष्का शर्माले जस्तै इटली पुगेर विवाह गर्नेछन् जसमा यी दुबैको परिवारका सदस्य तथा केही खास साथि-भाइलाई मात्र सामेल गराइने चर्चा छ ।

विक्की-कटरिनाले सुरू गरे विवाहको तयारी
उता विक्की कौशल र कटरीना कैफले इन्गेजमेन्टपछि अब डिसेम्बरमा विवाह गर्ने निधो गरेको बताइएको छ । टाइम्स अफ इन्डियाका अनुसार उनीहरुको विवाह पहिरन फेसन डिजायनर सब्यसाचीले डिजाइन गरिरहेका छन् । यद्यपि कौशल र कैफले यो बिषयमा अहिलेसम्म माैनता साँध्दै आएका छन् ।

प्रतिक्रिया