शुक्रबार, वैशाख १४, २०८१

बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले अवरुद्ध ग¥यो राष्ट्रियसभा बैठक

नेपालखोज २०७६ फागुन ८ गते १४:२०

काठमाडौँ। सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएसँगै कांग्रेसले उनको बर्खास्ति मागिरहेको छ ।

राष्ट्रियसभाको बिहीबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे । लगतै कांग्रेस सांसदहरु आ-आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरे । अब राष्ट्रिय सभाको अर्को बैठक फागुन १५ गते बस्नेछ ।

प्रतिक्रिया