शुक्रबार, वैशाख ७, २०८१

पालुंगोको साग खानु यस कारण फाइदाजनक छ

नेपालखोज २०७६ फागुन १० गते ६:०३

पालुंगोको सागमा प्रशस्त मात्रामा फाइबर, न्यून मात्रामा सुगर, भिटामिन ‘के’, भिटामिन ‘ए’, भिटामिन ‘बि’, भिटामिन ‘सी’, आइरन, क्याल्सियम, म्याग्नेसियम र फोलेट जस्ता शरीरलाई चाहिने पोषक तत्वहरू पाइन्छ ।

पालुंगोको साग खाँदा यस्ता फाइदाहरु हुन्छन्ः

१. पालुंगोको सागले तनाव, आँखा स्वास्थ्य, र रक्तचाप सुधार गर्नेगर्छ ।

२. तनावले मधुमेह तथा क्यान्सर जस्ता घातक रोगहरू निम्त्याउने हुँदा पालुंगोको सागमा पाइने एन्टिआक्सीडन्टहरूले तनावसँग लड्न र यसको कारण हुने क्षतिलाई कम गर्न मद्दत गर्दछ ।

३.पालुंगोको सागमा पाइने दुई वटा तत्वहरूले क्यान्सरको वृद्धिलाई सुस्त बनाउन सक्ने क्षमता राख्छ ।

४. पालुंगोको सागको नियमित सेवनले प्रोस्टेट क्यान्सर, स्तन क्यान्सरलाई रोक्न मद्दत गर्न सक्छ ।

५.पालुंगोको सागमा उच्च मात्रामा नाइट्रेट्स हुने हुँदा यसले रक्तचाप स्तरलाई नियन्त्रणमा ल्याएर हृदय रोगको जोखिम कम गर्छ ।

प्रतिक्रिया