शुक्रबार, वैशाख १४, २०८१

लौकाको सेवनले गर्छ यस्ता फाइदाहरु

नेपालखोज २०७६ मंसिर २७ गते ७:४०

१. शक्तिको लागिः
यदी तपाईँ बिहानै उठेर काम गर्नु हुन्छ भने लौकाको जुस खाने गर्नुहोस् । यसले निकै फाइदा पु¥याउछ । लौकामा कार्बोहोइड्रेट बडी मात्रामा पाइने गर्दछ जसले मांशपेसीहरुको काम गर्ने क्षमता बढाउँछ ।

२. पिसाब इन्फेक्सन निको पार्छः
यदी तपाईलाईं पिसाब फेर्दा पोल्ने वा दुख्ने गर्दछ भने लौकाको जुस सेवन गर्नुहोस् । पिसाबमा एसिडको मात्रा बढी भएकाले पिसाब फेर्दा समस्या आउने गर्दछ । लौकाको जुसले एसिडको मात्रा कम गर्छ र निरन्तर लौकाको जुसको प्रयोगले यो रोग निको हुन्छ ।

३. शरीर भित्रको फोहोर सफा गर्नेः
लौकाको रसमा पानी र एन्टीअक्सिडेन्ट हुन्छ । त्यसैले लौकाको जुस पिउँदा यसले शरीर भित्रको टक्शीनलाई बाहिर निकाल्ने काम गर्छ र शरीरको भित्री भाग सफा राख्ने काम गर्छ ।

४. तौल घटाउनमा मद्दत गर्छः
लौकाको जुसमा क्यालोरी र चिल्लो बराबर हुदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ र मोटाउने सम्भावना कम हुन्छ ।
५. कब्जियतलाई आराम गर्छः
लौकाको जुसमा पाउने फाइबरले पाचन प्रणालीलाई दुरुस्त बनाउने काम गर्दछ । यसको नियमित सेवनले कब्जियतका बिरामीलाई आराम दिने गर्दछ ।

प्रतिक्रिया