आइतबार, जेठ ६, २०८१

सिमी सेवनका अनगिन्ती फाइदा

नेपालखोज २०७७ भदौ ६ गते ५:०५

१. सिमीमा कोलेष्टेरोल कम गर्ने फाइबर हुन्छ । सिमीको सेवनले ब्लड शुगरको लेवल कम गर्न मद्दत गर्छ साथै मधुमेहका बिरामीका लागि लाभदायी हुन्छ ।

२. सिमीको तरकारी नियमित रुपमा सेवन गर्नाले रगत सफा गर्नुका साथै त्वचा सम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ ।

३. सिमीमा म्याग्नेशियमको मात्रा हुन्छ जसले मुटु सम्बन्धी समस्या निम्त्याउन दिदैन र स्वस्थ राख्नमा मद्दत गर्छ ।

४. सिमीको सेवनले शरीरमा उर्जा तथा शक्ति पैदा गर्छ ।

५. सिमीमा प्रशस्त मात्रामा आइरन हुन्छ जसले शरीरमा आइरनको कमी हुनबाट जोगाउँछ ।

६. सिमीको नियमित सेवनले महिलाहरुमा हुने स्तन क्यान्सरबाट सुरक्षित राख्छ ।

७. सिमीमा भिटमिन ए, बी६, थाइमिन, पैथोथेनिक एसिड तथा नियासिन हुन्छ जुन शरीरका लागि लाभदायी हुन्छ ।

प्रतिक्रिया