शुक्रबार, वैशाख १४, २०८१

२१ लाखको बीमा सुविधा सहित एनआईसीले ल्यायो नयाँ अफर

नेपालखोज २०७६ फागुन ११ गते १६:०९

काठमाडौं । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ जनमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

मुद्धती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक तथा अद्धितिय सुविधा साच्चै चमत्कारिक भएको वैकले जनाएको छ ।
सामान्यतया मुद्धती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने बुझाई छ । तर यस बैंकको न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप खातामा सर्वाधिक उच्च ब्याजमात्रै उपलब्ध नभई बीमा सुविधा समेत दिएर मुद्धती खाताको दायरा नै फराकिलो बनाइदिएको छ ।

सो मुद्धती खातामा ग्राहकहरुले उच्च ब्याजदर सँगै तीन विभिन्न बीमा सुविधा पनि पाउन सक्ने वैकले जनाएको छ । यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकहरुले जीवनमा आईपर्न सक्ने अकल्पनीय घटनाको लागि २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउनेछन् ।
यो बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाखसम्मको बीमा सुविधा उपलब्ध छ ।

यस्तै, १८ घातक रोगहरुको लागि रु १० लाखसम्म र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेत उपलब्ध छ । यसैगरी औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपिडी) उपचारमा रु. २० हजारसम्म र अस्पताल भर्ना वापत रु. ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ । उक्त ओपिडी बीमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु वापत रु. २० हजार सम्मको भरपाई गर्नेछ ।

एन आई सी एशिया बैंकमा मुद्धती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्धती योजना रहेकोले आफ्ना ग्राहकवर्गहरुको लागि एकदमै फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरिसकेको वैकले जनाएको छ ।

प्रतिक्रिया