एनआईसी एशिया वैकका ग्राहकलाई टेलिभिजन खरिदमा विशेष छुट
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रा.लि. बीच बैंकका ग्राहकहरूलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट Sony Bravia Television (Model No: 65X8000G, 65X9500G, 55A8G, 55A8F and 55A1 को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहक महानुभावहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै POS र QR Code प्रयोग गरि Sony Bravia का विभिन्न मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १०% वा अधिकतम रू. २ हजार सम्म छुट प्राप्त गर्न सकिनेछ ।
यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ । बैंकका ग्राहक महानुभावहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो ।
प्रतिक्रिया