मंगलबार, वैशाख ११, २०८१

कैलाश विकास बैक र प्राईम कमर्शियल बैक गाभिने पक्का

नेपालखोज २०७६ फागुन १३ गते १५:५६

काठमाडौं । नेपाल राष्ट्र वैकले अन्तिम स्वीकृति प्रदान गरेसँगै प्राइम कमर्शियल बैंक र कैलाश विकास बैंक गाभिने पक्कापक्की भएको छ । गत साता नेपाल राष्ट्र वैकको सञ्चालक समितिको वैठकले यी दुई वैकलाई मर्जरका लागि स्वीकृत गरेको थियो ।

गत असार २० गते दुई बैक एक आपसमा गाभिन गरी सैदान्तिक सहमति भएको थियो । भने राष्ट्र वैकले पनि असोजमा नै मर्जर प्रक्रिया अगाडि बढाउन सहमत दिएको थियो । तत पश्चात मर्जर स्वीकृतिका लागि ढेड महिना अगाडि नेपाल राष्ट्र बैकमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा राष्ट्र बैकले मर्जरका लागि स्वीकृत प्रदान गरेको बताएको छ ।

प्रतिक्रिया