आइतबार, असोज १६, २०७९

विस्फोट गराउने आठ जनालाई मृत्युदण्ड

नेपालखोज २०७६ फागुन १३ गते २०:००

काठमाडौँ । इजिप्टको चर्च र प्रहरी सुरक्षा जाँचस्थलमा विस्फोट गराएको भनी अभियोग लागेका आठ जनालाई मृत्युदण्ड दिएको न्यायिक तथा स्वास्थ्य स्रोतले मङ्गलबार जनाएको छ ।

गत वर्ष मृत्युदण्डका लागि सजाय सुनाइएका उनीहरूले सन् २०१८ को मे मा आफूहरूलाई दिइएको मृत्युदण्डमाथि पुनरावलोकनका लागि अन्तिम पुनरावेदन गर्न पुगेपनि अदालतले त्यसलाई अस्वीकार गरेको थियो ।

स्रोतका अनुसार सवै आठ जनालाई स्थानीय समय अनुसार सोमबार विहानै मारिएका थिए । उनीहरू गत वर्षको अक्टोबरमा सैन्य अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका १७ जनामध्ये थिए ।

इजिप्टको अलेक्जेन्ड्रिया, कायरो, टान्टास्थित विभिन्न चर्च र दक्षिणपश्चिम क्षेत्रको एउटा प्रहरी सुरक्षा जाँच केन्द्रमा विस्फोट गराएकोमा उनीहरूलाई दोषी ठहर गरिएको थियो । सन् २०१६ र सन् २०१७ मा गराइएका विस्फोटमा गरी उनीहरूले प्रायः क्रिश्चियन धर्मावलम्वीहरूसहित ८८ जनाको हत्या गरेका थिए ।

सजाय पाएका अन्य नौजना भागिरहेकाले उनीहरूलाई सुरक्षाकर्मीले अझै पक्राउ गर्न सकेको छैन ।

इजिप्टमा तत्कालिन इस्लामिक राष्ट्रपति मोहम्मद मोर्सीलाई पदच्युत गरी सेनाको सहयोगमा राष्ट्रपति बनेका अब्देल फताह अल–सिसी सन् २०१४ मा सत्तामा पुगेपछि मृत्युदण्डका घटना वृद्धि भएका छन् ।

मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले मृत्युदण्डको विरोध गरेको छ । उसले सामूहिक मृत्युदण्ड पाएका उनीहरूको अपराध स्वतन्त्ररूपमा पुष्टि नभएको आरोप लगाएको छ । एम्नेस्टी इन्टरनेशनलले मृत्युदण्डले कसैलाई न्यायको नदिने भन्दै अपराधको विकल्प अपराध हुननसक्ने र मारिएका ती व्यक्तिलाई सेनाले अन्यायपूर्ण ९एकपक्षीय० सुनुवाई गरी दोषी ठहर गरेको बताएको छ ।

“अभियोग लागेपनि हरेक नागरिकमाथि न्यायिक सुनुवाईको सुनिश्चितता हुनुपर्छ ।”

प्रतिक्रिया