आजपनि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
नेपालखोज
२०७६ फागुन १५ गते १४:१६
काठमाडौँ । बिहीबार सुनको मूल्य प्रतितोला ७९ हजार ७ सयमा कारोबार भइरहेको छ। बुधबार ७९ हजार ५ सयमा कारोबार भएको सुन २ सयले बढेको हो।
आजका लागि तेजाबी सुनको मूल्य ७९ हजार ४ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
त्यसैगरी चाँदीको मूल्य प्रतितोला ९ सयमा कायम छ। बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १६ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सम्बन्धित
प्रतिक्रिया