सोमबार, वैशाख १५, २०८२

युवतीमाथि तेजाब प्रहार गर्ने एक जनालाई आठ वर्ष कैदको फैसला

नेपालखोज २०७६ फागुन १६ गते ७:१८

मकवानपुर । हेटौँडामा युवतीमाथि तेजाब प्रहार गर्ने एक जनालाई आठ वर्ष कैदको फैसला भएको छ । जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र एक लाख जरिवाना गर्ने फैसला गरेको हो ।

साथै पीडित कंशाकारको उपचारमा खर्च भएको एक करोड १४ लाख ८५ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन अदालतले आदेश दिएको छ ।

जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीबार सो आदेश दिएको अदालतले जानकारी दिएको छ । अदालतले कंशाकारमाथि तेजाब प्रहार गर्ने केशरीलाई भगाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै हेटौँडाका सञ्जय मण्डललाई दुई वर्ष छ महिना कैद सजायसहित ४० हजार जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया