शुक्रबार, वैशाख १४, २०८१

अमेरिकाले तालिवानीहरुसँग आज शान्ति सम्झौता गर्दै

नेपालखोज २०७६ फागुन १७ गते १२:११

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिको अवसरलाई सदुपयोग गर्न अफगानिस्तानलाई आग्रह गरेका छन् ।अमेरिकाले तालिवानी लडाकूहरुसँग सम्झौताको तयारी गरेसँगै राष्ट्रपति ट्रम्पको यस्तो धारणा आएको हो ।

सम्झौतासँगै सुरक्षाको प्रत्याभूति गरेर अमेरिकाले अफगानिस्तानमा रहेको अमेरिकी सैनिक फोर्स फिर्ता लिनसक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

पटक पटकको छलफल पनि तालिवन अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत भएको बताइएको छ । तालिवानीसँग आज हुने भनिएको हस्तक्षर कार्यक्रममा विदेशसचिव माइक पोम्पेओले सहभागिता जनाउने बताइएको छ ।

सम्झौताले १८ वर्षदेखि जारी हिंसा अन्त्य हुने अपेक्षा गरिएको छ ।तालिवानीहरुसँग हुेन सम्झौताले अफगानिस्तानको युद्ध अन्त्य गरेर आफ्ना सेनालाई घर फिर्ता हुन बाटो खुल्ने राष्ट्रपति ट्रम्प्ले प्रतिक्रिया दिएका छन् ।

सम्झौता लगत्तै अफगानिस्तानमा रहेकामध्ये पाँच हजार आफ्ना सेना पहिलो चरणमा फिर्ता लैजाने अमेरिकाको तयारी रहेको छ ।

प्रतिक्रिया