सोमबार, वैशाख १५, २०८२

डोल्पाको एकै गाउँका ३५ बढी बिरामी, स्वास्थ्य टोली परिचालन

नेपालखोज २०७६ फागुन २० गते ९:४३

डोल्पा । डोल्पामा एकै गाउँका ३५ बढी बिरामी भएका छन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ को करेलीकाँडा गाँउका ३५ जनाभन्दा बढी एकैपटक बिरामी भएपछि नगरपालिकाले स्वास्थ्य प्राविधिकसहितको टोली प्रभावित क्षेत्रमा पठाएको छ ।

मुकुटेश्वर हिमालमुनि रहेको गाँउका ३५ जनामा रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएपछि औषधिसहित स्वास्थ्य प्राविधिकको टोली प्रभावित क्षेत्रमा पठाएको नगर प्रमुख ओमबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार टोलीले उनीहरुको स्वास्थ्य परीक्षण गरेर फर्किएपछि मात्रै रोगको पहिचान हुनेछ । अहिलेसम्म के भएको हो भन्ने यकिन नभएको उनको भनाइ छ । उपचारको लागि कम्तीमा दुई घण्टा हिँड्नुपर्ने भएकाले बिरामीले उपचार सेवा समेत नपाएको उनले जानकारी दिए ।

प्रतिक्रिया