सोमबार, माघ २८, २०८१

सास फुल्ने कारण अनि त्यसबाट बच्ने उपयहरु

नेपालखोज २०७६ फागुन २२ गते ६:२९

सास फुल्ने कारणहरुः

Advertisement

१.मोटोपनः मोटोपन यो समस्याको प्रमुख कारण हो । मोटो मानिस तलबाट माथी सिढी चढ्दा खेरी सास फुल्ने गर्छ ।मोटोपनको नियन्त्रण गर्दा सास फुल्ने रोगबाट बच्न सकिन्छ ।

२.महिनावारीमा धेरै रक्तश्रावः महिनाबारी हुँदा धेरै रक्तश्रावको कारण शरीरमा रगतको कमी हुन जान्छ, जसको कारण अमिनिया हुनसक्छ र यो समस्या सास फुल्नेको एक ठुलो कारण बन्ने गर्छ ।

३.सुनिनुः श्वास नलीको शाखामा सुनिनुको कारण पनि सास फुल्ने समस्या हुनेृ गर्छ । छातीः छाती सम्बन्धि कुनै पनि किसिमका समस्या भएमा सास फुल्ने गर्दछ । फोक्सोको समस्याको कारण अक्सिजन सोस्ने क्षमता कम हुने भएकाले तलै देखि चल्नलाई सास फुल्न पर्छ ।

४.दिलको समस्याः दिल सम्बन्धि समस्याको कारण पनि सास फुल्ने समस्या आउछ । धुम्रपान, मद्यपान र रक्सीका सेवनः कुनै पनि किसिमका रक्सी वा धुम्रपान र मद्यपान गर्ने मानिसलाई सास फुल्ने समस्या हुने गर्छ ।

सास फुल्ने समस्याबाट बच्ने उपाय

१.नियमित व्यायाम गर्ने

२.घाम ताप्ने

३. फल वा सलादको दिनहुँ प्रयोग

४. प्रोटिनयु्क्त आहार

प्रतिक्रिया